काठमाडौं महानगरपालिकाले आउँदो शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ ।
भाषा, कला-संस्कृति, सम्पदा, वातावरण, दिगो विकास, ट्राफिक व्यवस्थापन लगायतलाई केन्द्रित गरेर पाँच वटा पाठ्यपुस्तक तयार गरिने महानगरपालिकाले जनाएको छ ।
विस २०७६ को शैक्षिक सत्रदेखि महानगरभित्रका ६ सय ४० वटा सामुदायिक विद्यालय र ९१ वटा संस्थागत (निजी) विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको हो ।
आधारभूत तहको ८०० पूर्णाङ्कमध्ये १०० पूर्णाङ्कको पाठ्यक्रम स्थानीय तहले नै तयार गर्न पाउँछन् । अनिवार्य र ऐच्छिक विषय बाहेक १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रमको विषयवस्तु विद्यालयहरुले पढाउनुपर्नेछ ।
उक्त पाठ्यक्रम बनाउँदा स्रोत केन्द्र मार्फत विषय विज्ञ, विभिन्न विद्यालयका विषयगत शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, निजी विद्यालय संगठन र सामुदायिक विद्यालय संगठन, अभिभावकसँग छलफल गर्ने जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्