एजेन्सी, ५ फागुन । अमेरिकाका मध्य तथा दक्षिणी राज्यमा आएको हिमआँधीका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ ।
हिमआँधीको असर छिमेकी मेक्सिकोमा पनि देखिएको छ। त्यहाँका विभिन्न राज्यहरूमा पनि बिद्युत सेवा अवरूद्ध भएको छ । टेक्सास राज्यका लाखौं मानिस बिजुलीबाट बञ्चित भएका छन् । केही राज्यहरूमा मंगलबार विद्यालयहरू बन्द गरिएका छन् ।
मंगलबार आएको आँधीले कोरोना खोप वितरणलाई पनि प्रभावित पारेको छ। यसको असर आइतबारसम्म रहने बताइएको छ । टेक्सास, लुसियाना, केन्टुकी र मिजौरीलगायत राज्यमा कम्तिमा २३ जनाको मृत्यु भएको बताइएको छ । नर्थ क्यारोलाइना, ओरेगन राज्यमा पनि यसको असर परेको छ ।










प्रतिक्रिया दिनुहोस्