विश्व

बेलायतमा थप ५४८ कोरोना संक्रमितको मृत्यु



एजेन्सी, १२ फागुन । बेलायतमा पछिल्लो २४ घन्टामा ५४८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै बेलायतमा कुल मृतक संख्या एक लाख २१ हजार ३०५ पुगेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ ।

यसैगरी २४ घन्टामा थप ८ हजार ४८९ जना नयाँ संक्रमित थपिएका छन् ।  थपिएका नयाँ संक्रमितसंगै  बेलायतमा कोरोना संक्रमितको संख्या ४१ लाख ३४ हजार ६३९  पुगेको छ ।

बेलायतमा कोरोना विरुद्धको खोप अभियान शुरु भएयता एक करोड ७९ लाख बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । मंगलबार सार्वजनिक तथ्याँक अनुसार हालसम्म एक करोड ७९ लाख १६ हजार १८१ जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज लिएका छन् । यसैगरी छ लाख ४२ हजार ७८८ जनाले खोपको दोस्रो डोज समेत लिइसकेका छन् । हाल बेलायतमा ६५ देखि ६९ वर्षबीचकालाई खोप वितरण गरिँदैछ ।