विश्व

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ लाख २० हजार नाघ्यो



एजेन्सी, १७ फागुन । विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ लाख २० हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २५ लाख २० हजार ५५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ८ हजार २३० जनाको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख ८४ हजार ९५६ कोरोना संक्रमित थपिएका छन् । हालसम्म विश्वमा ११ करोड ३४ लाख ६७ हजार ३०३ जनामा कोरोना संक्रमण भइसकेको छ ।