विश्व

राष्ट्रपति बाइडेनकाे १९ खर्ब डलरकाे काेभिड–१९ राहत प्याकेज पारित



एजेन्सी, २७ फागुन । अमेरिकी राष्ट्रपति जो बाइडेनले ल्याएको राहत प्याकेजसम्बन्धी विधेयक पारित भएको छ । १.९ ट्रिलियन अर्थात् १९ खर्ब अमेरिकी डलर बराबरको राहत प्याकेज हाउस अफ रेप्रिजेनटेटिभ (अमेरिकी कंग्रेसकाे तल्लाे सदन) बाट पनि पारित भएको हो ।

कोरोना भाइरसको महामारीका कारण जनजीविकामै समस्या भोगिरहेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले यो राहत प्याकेज ल्याइएको राष्ट्रपति बाइडेनले बताएका छन । राष्ट्रपति बाइडेनले राहत प्याकेज कार्यान्वयनका लागि भोलि हस्ताक्षर गर्ने ह्वाइट हाउसले जनाएको छ । राष्ट्रपति बाइडेनले हस्ताक्षर गरेपछि यसले कानुनी रूप पाउने छ ।

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा अहिलेसम्म पाँच लाख ४२ हजारभन्दा धेरैको  ज्यान गइसकेको छ । दुई करोड ९८ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । महामारीका कारण अर्थतन्त्र प्रभावित भएको छ ।