एजेन्सी, २८ फागुन । डेनमार्क र नर्वेले अक्सफोर्डले निर्माण गरेको कोभिड–१९ विरुद्धको भ्याक्सिन ‘ऐस्ट्रेजेनेका’ माथि रोक लगाएका छन् ।
डेनमार्कका स्वास्थ्य मंत्री मैग्नस हुनिकेले यस विषयक जानकारी दिदै १४ दिनका लागि ऐस्ट्रेजेनेकाको भ्याक्सिन प्रयोगमा रोक लगाएको भनेका छन् ।
डेनमार्क हेल्थ अथोरिटीका निर्देशक सोरेन ब्रोस्टोम भन्छन्, ‘हामीले तथा डेनमार्क मेडिसिन एजेन्सी दुबैले डेनमार्क लगायत अन्य यूरोपीय देशमा भ्याक्सिनबाट भएका रिएक्शनको जबाब दिनु पर्ने हुन्छ ।’ स्वास्थ्य मन्त्री मैग्नस हुनिकेले ट्विटरमा लेखेका छन्, ‘भ्याक्सिनको प्रयोगलाई आउने १४ दिनका लागि निलम्बित गरिएको छ ।’










प्रतिक्रिया दिनुहोस्