विश्व

भारतमा एकैदिन ३ लाख १५ हजारमा कोरोना संक्रमण



काठमाडौँ, १० बैशाख । भारतमा पछिल्लो २४ घण्टामा तीन लाख १४ हजार ८३५ जनामा कोरोना संक्रमण भएको तथ्यांकमा उल्लेख रहेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सोही अवधीमा दुई हजार १०४ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ८४ हजार ६५७ पुगेको छ । कोरोना संक्रमितको संख्या १ करोड ५९ लाख ३० हजार ९६५ पुगेको तथ्यांक छ ।

विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचीमा भारत अमेरिकापछि दोस्रो स्थानमा छ ।