काठमाडौँ, २६ बैशाख । भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोना सङ्क्रमणबाट चार हजार एक सय ३३ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा चार लाख नौ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
अहिलेसम्म दुई करोड २२ लाख ९५ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको भारतमा दुई लाख ४२ हजार तीन सय ९८ जनाले ज्यान गुमाइसकेका छन् । एक करोड ८३ लाख भन्दा धेरै निको भएका छन् । भारतमा अहिलेसम्म ३० करोड चार लाख भन्दा धेरैको पीसीआर परीक्षण भइसकेको छ ।










प्रतिक्रिया दिनुहोस्