काठमाडौं, २५ चैत । माओवादी केन्द्रले स्थानीय तहको चुनावका उम्मेद्वारलाई प्रदेश इन्चार्जबाट टिकट दिने निर्णय लिएको छ । माओवादी केन्द्रको बिहीबार बसेको हेडक्वार्टर बैठकले यस्तो निर्णय गरेको हो । प्रवक्ता पम्फा भुसालका अनुसार सातै प्रदेश इन्चार्जले हस्ताक्षर गरेको पत्रसहित पार्टीका उम्मेदवारले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका पदाधिकारीमा मनोनयनपत्र दर्ता गर्न पाउने निर्णय गरेको छ ।…