काठमाडौं,२४ चैत । प्रधानमन्त्री प्रचण्डले स्थानीय निर्वाचन बहिष्कार घोषणा गरेको मधेसी मोर्चालाई सहमतिमा ल्याउन अर्को प्रस्ताव गरेका छन् । प्रधानमन्त्रीले बुधबार मधेसी मोर्चाका दोस्रो तहका नेताहरुसँगको छलफलमा सरकार र मोर्चाको संयुक्त कार्यदलले यसअघि तयार पारेका पाँचबुँदे प्रस्तावलाई संसद्मा लैजाने बताएका हुन् । उनले पाँचबँदे प्रस्ताव संसद्मा लैजानुअघि संविधान संशोधन विधेयक फिर्ता लिने प्रस्ताव पनि राखेका…