जापानमा १२ विधामा सेलेब्रिटी अवार्ड हुने

जेठ १५, काठमाडौं। जापानमा नेपाली सेलीब्रेटीका लागि १२ विधामा अवार्ड आयोजना हुने भएको छ । डान्स, कमेडी, गायन र अभिनय विधामा केन्द्रीत रहेर इन्टरनेशनल इन्टरटेनमेन्ट कम्पनि र सूर्य कर्पोरेसनले जापानको टोकियोमा अवार्ड आयोजना गर्न लागेको हो । १२ विधामा बाडिने अवार्ड १६ सेप्टेम्बरमा नाकानो जेरो हलमा आयोजना गरिने आयोजकले  जनाएको छ ।