काठमाडौँ, १३ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले कञ्चनपुरमा भारतीय सीमा सुरक्षाबलको गोली प्रहारबाट नेपाली नागरिकको मृत्यु भएको घटनाबारे नयाँदिल्ली भ्रमणका क्रममा आफूले स्पष्टरुपमा कुरा राखेको जानकारी दिनुभएको छ । व्यवस्थापिका–संसद्को राज्य व्यवस्था समितिको आजको बैठकमा उहाँले भन्नुभयो, “कञ्चनपुर घटनाका बारेमा गृह र परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक माध्यमबाट भारत सरकारसँग कुराकानी भइरहेको छ ।” छ…