कर्मचारीलाई उच्च मनोबलयुक्त र उत्प्रेरित राख्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा

काठमाडौँ, २२ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती कर्मचारीलाई समयसापेक्ष तलब भत्ता तथा वृत्तिविकास व्यवस्थापन गरी उच्च मनोबलयुक्त र उत्प्रेरित राख्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। १९ औं निजामती सेवा दिवसको अवसरमा राष्ट्रसेवक सम्पूर्ण निजामती कर्मचारीमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले मुलुकको स्थायी सरकारको रूपमा रहेको निजामती सेवाले आर्थिक, सामाजिक विकास र नागरिकहरूलाई सार्वजनिक…