एजेन्सी, ५ बैशाख । विश्वमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३० लाख नाघेको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वमा कोरोनाका कारण अहिलेसम्म ३० लाख २३ हजारभन्दा धेरैको मृत्यु भएको छ । अमेरिका, भारत र ब्राजिल सबैभन्दा धेरै कोरोना सङ्क्रमण फैलिएका देश हुन् । यी तीन देशमा मात्रै १० लाखभन्दा धेरैको मृत्यु भएको छ ।…