एजेन्सी, २७ फागुन । अमेरिकी राष्ट्रपति जो बाइडेनले ल्याएको राहत प्याकेजसम्बन्धी विधेयक पारित भएको छ । १.९ ट्रिलियन अर्थात् १९ खर्ब अमेरिकी डलर बराबरको राहत प्याकेज हाउस अफ रेप्रिजेनटेटिभ (अमेरिकी कंग्रेसकाे तल्लाे सदन) बाट पनि पारित भएको हो । कोरोना भाइरसको महामारीका कारण जनजीविकामै समस्या भोगिरहेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले यो राहत प्याकेज ल्याइएको राष्ट्रपति बाइडेनले बताएका…