भारतमा २४ घण्टामा ३७१२ जनामा कोरोना संक्रमण पुष्टि

एजेन्सी, १९ जेठ । भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ७०० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यहाका स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको नयाँ तथ्यांकमा कोरोनाबाट २४ घण्टामा ३ हजार ७१२ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ । यो अघिल्लो पटकको तथ्यांकभन्दा ९६७ जनाले धेरै हो ।

भारतमा कोरोनाबाट सक्रिय संक्रमितको संख्या बढेर १९ हजार ५०९ पुगेको छ । भारतमा हालसम्म कोरोनाका ४ करोड २६ लाख ३९४ जना बिरामी ठिक भइसकेका छन् । दैनिक संक्रमण दर पनि ०.८४ प्रतिशत पुगेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com