प्रधानमन्त्री देउवा अमेरिका भ्रमणमा जाँदै

काठमाडौं, १९ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणमा जाने भएका छन् ।

बालुवाटार स्रोतका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा जेठ २८ गते भ्रमणमा जान लागेका हुन् ।

अहिलेसम्म औपचारिक निर्णय भइनसकेको भए पनि यही जेठ २८ गतेदेखि भ्रमण हुने तयारी छ । दुवै तर्फबाट भ्रमणका एजेन्डाका विषयमा काम भइरहेको छ ।

परराष्ट्र मन्त्रालयमा पनि भ्रमणका एजेन्डाका विषयमा तयारी भइरहेको छ । नेपाल–अमेरिका मैत्री सम्बन्धको ७५औँ वर्षगाँठका अवसरमा उनले अमेरिकाको भ्रमण गर्न लागेका हु्न् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com