रोहिणी नदीमा बस खस्दा ९ जनाको मृत्यु
रुपन्देही, २२ जेठ । जनकपुरदेखि भैरहवा हिडेको बस रोहिणी नदीमा खस्दा ९ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आज बिहान ४ बजे लु २ ख ३८४१ नम्बरको ३३ जना सवार बस नदीमा खस्दा ९ जनाको मृत्यु भएको हो ।
उनीहरुको पहिचान भने हुन सकेको छैन घटनास्थल रोहिणी गाउँपालिका –४ र ओमसतिया गाउँपालिका – ४ को सीमा क्षेत्र हो । धेरैजसो घाइतेहरुको उद्धार गरेर भीम अस्पताल र युनिभर्सल मेडिकल कलेज लगिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।