राजसंस्थाको एजेन्डा पुनर्विचार गरे राप्रपासँग सहकार्य हुन्छ : अध्यक्ष थापा

विराटनगर, २२ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाले राजसंस्थाको एजेन्डामा पुनर्विचार गरे आगामी दिनमा सहकार्य हुनसक्ने बताएका छन् ।

आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष थापाले निकट भविष्यमा नभए पनि पछि सहकार्य हुनसक्ने बताएका हुन् । उनले भने, ‘हामी कांग्रेस, एमाले माओवादीसँग सहकार्य गर्न सक्छौं भने राप्रपासँग सहकार्य गर्न नसक्ने भन्ने कुरा आउँदैन् तर सहकार्य र एकताका लागि राजसंस्थालाई हेर्ने दृष्टिकोणमा सुधार गर्नुपर्छ ।’

उनले नेपालको धरातलीय यथार्त र जनभावना अनुसार राजसंस्था पुनर्स्थापित हुनसक्ने सम्भावना शून्य भैसकेको दाबी गर्दै राप्रपाका नेता कार्यकर्तालाई भने, ‘यो अवस्थामा असम्भव एजेन्डा बोकेर जनता र कार्यकर्तालाई भ्रममा राख्न हुँदैन्, राम्रा एजेन्डाहरू ओझेलमा पर्ने खतरा रहन्छ ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com