एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझायो नयाँ मन्त्रीको नाम

काठमाडौँ, २२ जेठ । नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्नको लागी नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।

सचिवालय बैठकले यसअघि सरकारमा रहेका ५ जनालाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाएको हो ।

स्रोतका अनुसार अब भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री, जीवनराम श्रेष्ठ पर्यटन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम मन्त्री बन्नेछन् । त्यस्तै हीरा केसी स्वास्थ्य राज्यमन्त्री बन्नेछन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com