निर्वाचित जनप्रतिनिधिलाई पार्टी स्कुलको कक्षा लिन एमालेले काठमाडौँ बोलायो

काठमाडौँ, २४ जेठ । नेकपा एमालेले पार्टीको निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई प्रशिक्षण तथा अभिमुखीकरण तालिम दिने भएको छ ।

महासचिव शंकर पोखरेलका अनुसार एमालेको केन्द्रीय पार्टी स्कुल विभागको तर्फबाट दिइने प्रशिक्षणमा पालिका प्रमुख तथा उपप्रमुखहरु सहभागी हुनेछ ।

असार २ गते काठमाडौँ आइपुग्नेगरी देशैभरका जनप्रतिनिधिलाई पठाउन केन्द्रीय कार्यालयले सम्बन्धित जिल्ला कमिटीहरुलाई सर्कुलर पठाएको छ । जनप्रतिनिधिहरुलाई वर्तमान राजनीतिक परिस्थितिका साथै स्थानीय तहका अधिकार, कार्यक्षेत्र, जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धलगायतका विषयमा प्रशिक्षण दिइने एमालेले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com