थप १७ जनामा कोरोना संक्रमण : ११ जना संक्रमण मुक्त

काठमाडौँ, २८ जेठ । नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार १७३ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर ११ जना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६७ हजार १९२ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १०७ रहेको मन्त्रालयले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com