संघीय संरचना परिवर्तन गर्नुपर्छ : अध्यक्ष थापा

काठमाडौँ, ३० जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय संरचना परिवर्तन गर्नुपर्ने बताएका छन् ।

आज पोखरामा राप्रपा नेपाल गण्डकी कार्यसमितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले दुई तहको संघीय संरचना मात्र नेपालको लागि उपयुक्त हुने बताए ।

उनले भने, प्रदेश सरकार आवश्यक नभएको र यसलाई खारेज नै गर्नुपर्ने उनको भनाइ छ । ‘विगतको अनुभवलाई दृष्टिगत गर्दै केन्द्रमा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा बढी अधिकार प्राप्त स्थानीय सरकार रहने गरी संघीय संरचना बनाउनु पर्छ, ‘राप्रपा नेपालले संघीय संरचना सुधारको एजेण्डालाई बोकेर अगाडि बढ्छ ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com