अर्थमन्त्रीले राजीनामा दिनुपर्छ : सांसद सुवाल

काठमाडौँ, २ असार । प्रतिनिधिसभाका सांसद प्रेम सुवालले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुवालले अहिलेसम्म राजीनामा दिइसक्नुपर्नेमा नदिएको भन्दै त्यसको विरोध समेत गरे ।
उनले भने, ‘अहिलेसम्म अर्थमन्त्रीको राजीनामा आएन, ‘प्रधानमन्त्रीले यसको जिम्मेवारी लिनुपर्छ ।’

उनले अर्थमन्त्री शर्माको जिम्मेवारी गठबन्धनका नेताहरूले दिनुपर्ने समेत माग राखे । अन्यथा, संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com