एसपीपीमा नेपाल आवद्ध भएको छैन, सोच पनि छैन : गृहमन्त्री

काठमाडौँ, २ असार । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट प्रतिनिधिसभाको बैठकमा जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले नेपाल एसपीपीमा आवद्ध नभएको बताएका छन् ।

उनले संसद्लाई सम्बोधन गर्दै भने, “नेपाल आवद्ध हुने निर्णय गरेको छैन । सोच पनि राखेको छैन । एसपीपीमा नेपाल आवद्ध भएको छैन । कुनै निर्णय पनि भएको छैन । नेपालको भूमि कुनै पनि राष्ट्रका विरुद्ध प्रयोग हुन दिँदैन ।”

गृहमन्त्री खाँणले थपे, “स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)मा नेपाल संलग्न छैन । संलग्न हुने सोच पनि छैन । नेपाल सरकारकै तर्फबाट म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । नेपालको कुनै संलग्नता रहने छैन । नेपाल संयुक्त राष्ट्रको सदस्य रहेकाले अन्तर्राष्ट्रिय परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त मान्छौँ । हामी कुनै पनि सैनिक गठबन्धनको हिस्सेदार बन्न सक्दैनौँ । नेपाल र नेपाली सेना सैन्य गठबन्धनको सिकार बन्न सक्दैनन् ।”

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com