एसपीपी कार्यक्रम कुनै पनि हालतमा अघि बढ्दैन : मन्त्री खड्का

काठमाडौँ, ३ असार । परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकासँग हुने भनिएको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) कार्यक्रम अब अघि बढ्न नसक्ने बताउनुभएको छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री खड्काले यसअघि प्राकृतिक विपत्ति लगायतका बेला सहयोग गर्ने किसिमले आएको सो कार्यक्रमलाई अहिलेको सन्दर्भमा बुझ्न नहुने स्पष्ट पार्नुभयो । मन्त्री खड्काले सन् २०१७ पछि विश्वमा नयाँ नयाँ गठबन्धन बनेको र नयाँ रणनीतिहरू आएको बताउनुभयो । मन्त्री खड्काले नेपाल असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानसेनापतिले पनि भनिसक्नुभएको छ । प्रधानमन्त्रीले पनि भन्नुभएको छ । अब एसपीपी कार्यक्रम कुनै पनि हालतमा अघि बढ्दैन । २०१७ पछि विश्वमा नयाँ नयाँ गठबन्धन बनेको र नयाँ रणनीतिहरू आएका छन् । २०१५ मा एउटा छुट्टै अवधारणा रहेको र २०१९ मा अर्कै अवधारणा रहेको र २०१९ पछि एसपीपी कार्यक्रम अघि बढेको छैन । यो कार्यक्रम अब अघि बढ्दैन ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com