एमालेका जनप्रतिनिधिहरुले सर्वजनिक गरे २० बुँदे काठमाडौ संकल्प पत्र

काठमाडौं, ३ असार । स्थानीय तहमा नवनिर्वाचित नेकपा एमालेका जनप्रतिनिधिहरुले २० बुँदे संकल्प गरेका छन् । काठमाडौंमा हिजो र आज आयोजित पार्टी स्कुलको अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधिले ‘काठमाडौं संकल्प’ पत्र सार्वजनिक गरेका हुन् ।

संकल्पपत्रमा शासक नभएर सेवक हुने, सदाचारको नमूना बन्ने, भ्रष्टाचार नगर्ने, भ्रष्टाचार नियन्त्रण गर्नै, आफूले नेतृत्व गरेको पालिका सुशासनको नमूना बनाउनेजस्ता प्रण गरिएको छ ।

त्यस्तै छिटो र सुलभ सेवा प्रवाहमा सहज, जनमुखी विकासमा पनि जिम्मेवारीपूर्वक भूमिका निभाउने उनीहरूको संकल्प छ । यस्तै बिकाशको ढाँचालाई जनमुखी,सहभागितामुलक र दिगो बनाउने संकल्प गरिएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com