डेंगु संक्रमित बिरामीको मृत्यु

धादिङ, ३ असार । धादिङमा डेंगुको उपचाररत एक बिरामीको मृत्यु भएको छ ।

जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेट डा. मधुकर दाहालका अनुसार ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का ५६ वर्षीय रामचन्द्र श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो ।

बिरामी भएपछि उनी स्वास्थ्य परीक्षणका लागि बिहीबार धादिङ अस्पतालमा पुगेका थिए । ल्याब परीक्षणबाट उनमा डेंगु रोगको संक्रमण पुष्टि भएको थियो । संक्रमणपछि धादिङ अस्पतालमा उपचार गराइरहेका उनको शुक्रबार मृत्यु भएको हो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com