एमालेलाई गठबन्धन भत्काउने बनाउने फुर्सद छैन: उपाध्यक्ष पौडेल

बुटवल, ४ असार । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेसँग गठबन्धन बनाउने र भत्काउने कुनै फुर्सद नभएको बताउनुभएको छ ।

बुटवलमा आज रिटर्न फेडेरेसन नेपाल लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै पौडेलले एमालेले अहिले कुनै पनि नामको गठबन्धनको बाटोमा नरहेको प्रस्ट पार्दै गठबन्धन जोड्ने र बिगार्ने खेलका नभएको दाबी गर्नुभयो । उहाँले नेकपाको दुई तिहाइको सरकार गिराएर विपक्षीको शरणमा जानेहरूलाई प्रधानमन्त्री स्वीकार गर्ने र उनीहरूसँग गठबन्धन हुने विषय एमालेले सोच्न पनि नसकिने बताउनुभयो ।

नेकपाको सरकार ढालेर काँग्रेस नेतृत्वमा सरकार बनाउने कम्युनिस्ट पार्टीको सदस्य हुन नसक्ने भएकोले अहिले गठबन्धनको भ्रमको पछाडि नलाग्न कार्यकालाई आग्रह गर्दै उहाँले स्थानीय तह निर्वाचनमा एकातर्फ महागठबन्धन र अर्कोतर्फ एमाले एक्लै लड्दा पनि मतको हिसाबले एमाले पहिलो दल बनेको जिकिर गर्दै आगामी निर्वाचनमा एमाले मत र सिटको हिसाबले पनि पहिलो दल बन्ने दाबी गर्नुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com