श्रमस्वीकृति लिने पाँच वर्षयताकै उच्च

काठमाडौँ, ५ असार । चालू आर्थिक वर्षको ११ महिनामा श्रमस्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ५ लाख ५५ हजार पुगेको छ ।

यो संख्या आर्थिक वर्ष २०७४/०७५ पछिको सबै भन्दा बढी हो । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा भने तेब्बर बढी हो । गत वर्षको ११ महिनामा १ लाख ४६ हजार युवाले विदेशमा रोजगारीमा जाने जनाउँदै श्रमस्वीकृति लिएका थिए । कोभिड खोपको पहुँज र स्वास्थ्य मापदण्डमा आएको सुधारका कारण कोरोना संक्रमणकाबीच समेत नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उल्लेख्य वृद्धि भएको हो ।

गत वर्षको यहि अवधिको तुलनामा चालू आवको चैतसम्म लगभग तेब्बर भन्दा बढी वृद्धि भएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com