भीम रावलको प्रश्न– प्रधानमन्त्री संसद्मा किन उपस्थित हुन सक्नु भएन ?

काठमाडौँ, ५ असार । नेकपा (एमाले)का सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय समितिको बैठकमा अनुपस्थित रहनु खेदपूर्ण भएको बताएका छन् ।

आज प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै प्रधानमन्त्री संसद्प्रति अनुत्तरदायी हुनु समितिको अपमान नभई खेदजनक रहेको बताएका हुन् ।

उनले भने, “प्रधानमन्त्री संसद्मा किन उपस्थित हुन सक्नुभएन ? कि त बिरामी हुनुपर्‍यो, देशमा गम्भीर संकट आएको हुनुपर्‍यो या त विदेशमा ठूलो संकट हुनुपर्‍यो, जसले गर्दा प्रधानमन्त्री व्यस्त हुनुभयो ।” समितिले आज प्रधानमन्त्री देउवालाई छलफलका लागि बोलाएको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com