१७ जना जुवाडे पक्राउ

काठमाडौँ, ५ असार । जुवातास खेलिरहेको अवस्थामा नवलपरासी (पूर्व) र तनहुँबाट १७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय नयाँ बेलहनीका अनुसार नवलपरासी (पूर्व) को विनयीत्रिवेणी गाउँपालिका–१ जैकुटीस्थित रिभर साइट पार्टी प्यालेसमा जुवातास खेलिरहेको अवस्थामा विन्दुकुमार श्रेष्ठसहित ८ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई नगद १ लाख ५ हजार ८ सय ५० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । त्यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका–७ टुडा बस्ने फनबहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार उनीहरुलाई नगद १ लाख ११ हजार ५ सय ५५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com