सुनसहित एक जना पक्राउ
महोत्तरी, ७ असार । महोत्तरीमा सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालयको अस्थायी प्रहरी पोष्ट कठुधाराबाट खटिएको टोलीले सम्सीबाट गौशालातर्फ आउँदै गरेका एकडारा गाउँपालिका ५ का सुशील साहलाई ११६.५० ग्राम बिस्कुटसहित पक्राउ गरेको हो ।
साहले बोकेको सुनको विषयमा थप खुल्न सकेको छैन । साहले उक्त सुन कसरी र कहाँबाट ल्याएका हुन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।