अमेरिकामा एक एक कैदीलाई मृत्युदण्डको सजाय

एजेन्सी, ७ असार । अमेरिकाको जर्जियाका एकजना कैदीलाई मृत्युदण्ड सुनाइएको छ ।

पाँचवर्ष अघि कारगारको पारवाहन बसबाट भाग्ने कोसिसको क्रममा दुईजना गार्डको हत्या गर्ने जर्जियाका एकजना कैदीलाई मृत्युदण्ड सुनाइएको छ ।

सन् २०१७ मा सार्जेन्टद्वय क्रिस्टोफर मोनिका र कर्टिस बिल्लुलाई हत्या गरेको अभियोगमा रिको डुवोसलाई एक अदालतको न्यायाधीशहरूको इजलासले सर्वसम्मतबाट मृत्युदण्डको सजाय सुनाएको हो ।

उनलाई त्यसअघि सोमबार हत्याको अभियोगमा दोषी ठहर गरिएको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com