आजको मौसम

काठमाडौँ, ८ असार । देशका विभिन्न भागमा आज पनि विहानैबाट पानी परिरहेको छ । गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार कर्णालीसँगै गण्डकी, मधेस प्रदेश र प्रदेश–१ मा आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रहने छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, वाग्मती प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै आज राति प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com