वायुसेवा सञ्चालकको आन्दोलन फिर्ता

काठमाडौँ, ८ असार । वायु सेवा सञ्चालक संघ नेपालले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । आजदेखि उडान बन्द गर्ने घोषणा गरेको संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।

गृह मन्त्रालयको समन्वयमा संघ र प्राधिकरणबीच मंगलबार राति भएको वार्तामा प्राधिकरण र वायुसेवा सञ्चालबीच उडान नरोक्न सहमति भएपछि उडान नियमित हुने भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले एकतर्फी निर्णय गरेको भन्दै मंगलबार पत्रकार सम्मेलन गरेको संघको आन्दोलन फिर्तासँगै नियमित उडान हुने भएको छ ।

बुद्ध एअरले आफ्नो नियमित उडान कार्यक्रम रहेको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेको छ । यस्तै यती एअरलाइन्सले पनि गएराति नै फेसबुकमा लेखेको छ, “भोलिदेखी अनिश्चितकालका लागि स्थगित भएका हाम्रा सम्पूर्ण उडानहरु नियमित हुने जानकारी गराँउदछौं ।”

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com