होस्टलमा एक किशोरी मृत फेला

रोल्पा, ८ असार । रोल्पाकी एक किशोरी होस्टलमा मृत अबस्थामा फेला परेकी छिन् ।

सरकारी निकायले आयोजना गरेको ब्युटीपार्लर तालिममा सहभागी रुन्टिगढी गाउँपालिका- ५ छिन्नेटाकी १७ वर्षीय कृष्णी बिक मृत फेला परेकी हुन । सदरमुकाम लिवाङ्ग स्थित घरेलु तथा साना उधोग कार्यालयले आयोजना गरेको ब्युटिपार्लर तालिममा गएकी उनी होस्टलमा सुतेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

होष्टलको कोठामा सर्प फेला परेको र औँलामा सानो घाउ देखिएकोले सर्पले टोकेर उनको मृत्यु भएको हो कि भन्ने आशंका गरिएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com