एमाले केन्द्रीय कमिटी बैठक तत्काल नबोलाइने

काठमाडौँ, ८ असार । प्रमुख विपक्षी दल नेकपा एमालेले पार्टी केन्द्रीय कमिटी बैठक तत्काल नबोलाउने भएको छ ।

गएको ३० जेठमा सचिवालयको बैठक बसेको थियो । उक्त बैठकले स्थानीय चुनावमा पराजयबारे सामान्य छलफल गरेको छ । पार्टीभित्र अन्तर्घात भएको र सत्तारुढ दलहरुले गठबन्धन गरेकाले सिट संख्या घटेपनि एमाले प्रमुख शक्तिमा कायमै रहेको निष्कर्ष सचिवालय बैठकले निकालेको थियो ।

स्रोतका अनुसार चुनावबारे स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीमा भने छलफल भएको छैन । तत्काल कुनै पनि बैठक नराखिने भएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com