एकीकृत समाजवादीद्वारा मन्त्री फेरबदलको निर्णय कार्यान्वयन गर्न माग

काठमाडौँ, ८ असार । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले पार्टीले गरेको मन्त्री फेरबदलको निर्णय कार्यान्वयन गर्न माग गरेको छ ।

आजको बसेको सचिवालय बैठकले पार्टीले गरेको निर्णय कार्यान्वयन किन हुन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सोध्ने निर्णय भएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

“अहिले मन्त्रीमण्डलमा हाम्रो टिमलाई बदल्ने भनेर जुन निर्णय गरेका छौँ । त्यो निर्णयलाई सरकारले अहिलेसम्म किन कार्यान्वयन गर्न सकेन ? तुरुन्तै कार्यान्वयन गनुपर्‍यो भनेर निर्णय गरेका छौँ,” उनले भने ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com