नागरिकता विधेयक अघि बढाउने गठबन्धनको निर्णय

काठमाडौँ, ८ असार । गठबन्धन बैठकले नागरिकता विधेयक अघि बढाउने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार आज बालुवाटारमा बसेको गठबन्धनको बैठकले सो निर्णय गरेको हो ।

नागरिकता विधेयक २०७५ साउन २२ गते संसद् सचिवालयमा दर्ता भएको थियो । त्यसपश्चात् लामो समयसम्म संसद्कोे राज्यव्यवस्था समितिमा अड्किएको थियो । अहिले विधेयक प्रतिनिधि सभामा पुगेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा संसद्को चालु अधिवेशनबाटै विधेयकलाई अघि बढाउने तयारीमा रहेको गठबन्धनका नेताहरूले बताएका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com