भक्तपुरमा टिपरसँग मोटरसाइकलमा ठोक्किँदा दुई जनाको मृत्यु

भक्तपुर, ९ असार । जिल्लाको सूर्यविनायक नगरपालिका ८ स्थित आदर्श चोकमा टिपरसँग ठोक्किएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

भक्तपुर प्रहरीका अनुसार आज बिहान सवा २ बजे जगाती तर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपर ठोक्किदा मोटरसाइकलमा सवार दुई जनाको घाइते भएका थिए ।

दुर्घटनामा घाइते भएका उनीहरुको भक्तपुर अस्पतालमा उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरी वृत्त जगातीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com