भारतमा एकैदिन १२ हजारबढी कोभिडका नयाँ संक्रमित फेला

एजेन्सी, ९ असार । भारतमा पछिल्लो २४ घण्टामा कम्तिमा १२,२४९ नयाँ कोभिड संक्रमित फेला परेको बताइएको छ ।

यससँगै भारतमा संक्रमितको संख्या ४ करोड ३३ लाख ३१ हजार ६४५ पुगेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशमा सक्रिय संक्रमितको संख्या बढेर ८१ हजार ६८७ पुगेको छ । भारतमा बुधबार कोभिडबाट १३ जनाको मृत्यु भएको छ ।

यससँगै कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ९०३ पुगेको छ । कुल संक्रमितको शून्य दशमलब १९ प्रतिशत सक्रिय संक्रमित छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com