स्थानीय तहमा सोचेको परिणाम आएन : अध्यक्ष दाहाल

काठमाडौँ, ९ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा सोचेअनुसारको परिणाम आफ्नो पार्टीको पक्षमा नआएको बताएका छन् ।

आज ललितपुरका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा उनले १७०–१७५ सिट ल्याउने आफूहरूले अनुमान गरे पनि १२२ सिटमा खुम्चिनुपरेको बताए ।

उनले भने, “हामीले सोचेको जति परिणाम पार्टीको पक्षमा आएन । कम्तीमा पनि योपटक गठबन्धन ठिक ढंगले जाँदा र पार्टीले राम्रोसँग मिहिनेत गर्दा १७०–१७५ हाम्रो आउँछ, एमालेको पनि १६०–१७० तिर झर्छ, वामपन्थी आन्दोलनको पहिलो पार्टी र देशको दोस्रो पार्टी बन्छ भन्ने आकलन गरेका थियौँ, “१२२ सिटमा सीमित भएको छ । यो हामीले आकलन गरेको भन्दा पक्कै कम हो ।”

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com