आजको मौसम

काठमाडौँ, १० असार । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यूनचापीय रेखाको प्रभाव रहँदै आएकोमा आजबाट मनसुनी वायुको पनि प्रभाव देखिन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको प्रभाव रहँदै आएको छ । काठमाडौँमा आज बिहानैबाट वर्षा भइरहेको छ । प्रदेश–१ का केही स्थानमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशमा पनि केही भू–भागमा भारी वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेशमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा पनि वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको प्रभाव रहँदै आएको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदी तथा खोलामा बहाव बढ्ने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com