मुग्लिन–नारायणगढ सडक खण्ड एकतर्फी
काठमाडौँ, १० असार । लगातारको वर्षाले पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक खण्ड एकतर्फी भएको छ ।
प्रहरीका अनुसार बिहान साढे ६ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका-६ काली खोला नजिक पहिरो खसेको छ ।
पहिरो खसेपछि गाडी एकतर्फी रुपमा चलिरहेका छन् । पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । तर, पानी परिरहेकाले यो सडक खण्डको अन्य ठाउँमा पनि पहिरोको जोखिम छ ।