पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउनुपर्छ : नेता कोइराला

काठमाडौँ, १० असार । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउनुपर्ने बताएका छन् ।

डा. शेखर कोइरालाले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै जनतालाई महँगीको चपेटाबाट बचाउनुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, “आर्थिक गतिविधि गतिशील बनाइराख्न सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लाग्ने पूर्वाधार कर १० रुपैया, सडक मर्मत कर ४ रुपैयाँ, भन्सार र प्रज्ञापन शुल्क २५.२३ रुपैयाँको आधा १२.६२ रुपैयाँ गरी जम्मा २६.६२ प्रतिलिटर अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्दासम्म कर नलिने निर्णय गरोस् ।”

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com