माधव नेपालविरुद्ध १० सांसदको मोर्चाबन्दी

काठमाडौँ, १० असार । नेकपा एकीकृत समाजवादीका १० सांसदले अध्यक्ष माधव कुमार नेपालविरुद्ध मोर्चाबन्दी सुरु गरेका छन् ।

अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाउँदै बजेट अधिवेशन चलिरहेको समयमा मन्त्री फेर्ने निर्णय अस्वाभाविक भएको बताइएको छ ।

४ मन्त्रीसहित १० सांसदले बजेट अधिवेशन चलिरहेका बेला मन्त्रिमण्डलमा पार्टीबाट सहभागी हुने मन्त्रीहरुको हेरफेर सही मान्न नसकिने भन्दै नेतृत्वविरुद्ध मोर्चाबन्दी गरेका हुन् । ध्यानाकर्षण पत्रमा मन्त्रीहरूलाई अपराधीजस्तो व्यवहार गरिएको उल्लेख छ । स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरीमन्त्री रामकुमार झाँक्री, पर्यटनमन्त्री प्रेम आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, सांसदहरू कृष्णलाल महर्जन, गोपालबहादुर बमलगायतले हस्ताक्षर गरेका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com