माओवादी केन्द्रीय कमिटीको बैठक सर्‍यो

काठमाडौँ, १० असार । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सरेको छ ।

केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक चार दिनपछि सारिएको हो । असार १५ गतेका लागि बोलाइएको बैठक १९ गतेका लागि सारिएको छ ।

बैठक १९ गते बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्नेछ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com