थप ४३ जनामा कोरोना संक्रमण, १४ जना डिस्चार्ज

काठमाडौँ, १० असार । थप ४३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७९ हजार ४ सय ८९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १ सय ८१ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६७ हजार ३ सय ५६ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ जना रहेको मन्त्रालयले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com