काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ४१ करोड ९६ लाखको बजेट

काठमाडौँ, १० असार । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ ।

महानगरकी उपमेयर सनिता डंगोलले बजेट नगरसभामा प्रस्तुत गरेकी हुन् । उपमेयर डंगोलका अनुसार कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको छ । यो कुल बजेटको २० प्रतिशत हो ।

त्यसैगरी महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट वनियोजन गरेको छ । जुन कुल बजेटको ४९ दशमलव ५७ प्रतिशत रहेको छ । उपमेयर डंगोलले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखी बजेट ल्याइएको बताइन ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com